https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कुमार महतो
रौतहट, साउन ८ गते ।
One Heart Worldwide को आर्थिक सहयोगमा, अभियान नेपाल र माण्डवी नेपालको सहकार्यमा २०७९ सालदेखि सञ्चालनमा रहेको ‘मातृ तथा नव शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना’ अन्तर्गत कार्यान्वयन चरणको समापन कार्यक्रम आज गौरस्थित सिया पैलेस होटलमा सम्पन्न भयो।



कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको प्रमुख आतिथ्यता रहेको थियो।

समापन कार्यक्रममा प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, रौतहट क्षेत्र नं. १ का प्रदेशसभा सदस्य प्रत्याशी राजकिशोर प्रसाद यादव, माण्डवी नेपालकी अध्यक्ष अञ्जु झा, अभियान नेपालकी अध्यक्ष सुनीता साह, कार्यकारी निर्देशक शत्रुधन सिंह, कोअर्डिनेटर जितेन्द्र कुशवाहा, विभिन्न स्वास्थ्य संस्था प्रमुखहरू, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



वक्ताहरूले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा परियोजनाबाट देखिएको सुधार, सेवा गुणस्तरमा आएको उल्लेखनीय प्रगति, र स्थानीय तहमार्फत यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा अघि बढाउनु पर्ने आवश्यकता औँल्याए।

कार्यक्रमको विशेष अंशका रूपमा परियोजना सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मीहरूलाई सम्मानपत्र प्रदान गरी कदर गरिएको थियो।

सहभागीहरूका अनुसार परियोजनाले मातृ तथा नव शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण योगदान दिएको छ। उनीहरूले One Heart Worldwide तथा यसका साझेदार संस्थाहरूप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा राखे।

प्रतिक्रिया

सम्बन्धित समाचार