https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, साउन ११ गते । 

जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघले जनकपुरधाममा पानी र राहत माग्दै प्रदर्शन गरेको छ। धनुषा जिल्ला अध्यक्ष मदन साहको नेतृत्वमा जनकचौकबाट सुरु भएको प्रदर्शन नगरका विभिन्न भाग परिक्रमा गर्दै मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सम्पन्न भयो।

सुख्खा क्षेत्र घोषणाले मात्र समस्याको समाधान नहुने भन्दै प्रदर्शनकारीले दीर्घकालीन योजना निर्माण र तत्काल राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेका छन्। चुरे दोहन रोक्न, नयाँ सिँचाइ योजना ल्याउन, किसानलाई मलखादको सहज आपूर्ति सुनिश्चित गर्न र भारतबाट ल्याइने मलखादमा प्रहरीको अवरोध हटाउनुपर्ने उनीहरूको माग छ।

युवा संघले चालु आर्थिक वर्षको बजेट निर्माणमा भएको ‘चलखेल’ को अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ। कार्यक्रममा कमलेश यादव, दिपु कापर लगायतका युवा नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार