तनहुँ, साउन ११ गते ।
तनहुँको व्यास नगरपालिका–१३ बेलबासका २६ वर्षीय कमलेश चन्द ठकुरी चार दिनदेखि बेपत्ता रहँदा पनि प्रहरी प्रशासनले खोजीमा चासो नदेखाएको आरोप लगाउँदै ठकुरी समुदायका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय तनहुँ घेराउ गरेका छन्।
विपत्त व्यक्तिका परिवारजन र आफन्तजनले आइतबार प्रहरी कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए। उनीहरू साउन ७ गते ऋषिङ गाउँपालिका–१ झाँपुटारबाट बेपत्ता भएका कमलेशको खोजीमा प्रहरीले तदारुकता नदेखाएको भन्दै आक्रोशित बनेका हुन्।

प्रदर्शनका क्रममा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रदर्शनकारीहरूले “बेपत्ता युवाको खोजी गर”, “प्रहरी प्रशासन होसियार होस” जस्ता नारासमेत लगाएका थिए।
परिवारजनले प्रहरी प्रशासनसँग वेपत्ता ठकुरीको सकुशल फेला पार्न माग गरेका छन् भने खोजी कार्यमा ढिलाइ हुनु आफन्तजनप्रति गम्भीर बेवास्ता भएको टिप्पणी गरेका छन्।

