https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


महोत्तरी, साउन १२ गते ।
महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा विकासप्रति प्रतिबद्ध माननीय लक्ष्मी महतो कोईरीद्वारा महोत्तरी जिल्लाको गौशाला, बर्दिवास र भंगाहा नगरपालिकाका विभिन्न वडाहरूमा शुद्ध तथा स्थायी खानेपानी सेवा सुनिश्चित गर्न बोरिङ प्रणाली स्थापनाका लागि संघीय सरकारसँग बजेटको माग गरिएको छ ।

गौशाला नगरपालिका वडा नं. १ देखि १२ सम्म, बर्दिवास नगरपालिका वडा नं. १ देखि १४ सम्म र भंगाहा नगरपालिका वडा नं. ३, ४, ५ तथा ९ सम्ममा आवश्यक ४ इञ्च र ६ इञ्च व्यासका बोरिङहरू निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै सांसद कोईरीले संघीय सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादव समक्ष औपचारिक प्रस्ताव पेश गरेका हुन् ।



स्थानीयस्तरमा विगत लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका समुदायहरूलाई लक्षित गर्दै उक्त प्रस्तावमा बोरिङ मार्फत स्वच्छ र दिगो पानी आपूर्तिको उपाय खोजिएको छ । सांसद कोईरीले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई आधारभूत सुविधामा पहुँच पु‍र्याउने उद्देश्यले यो पहल अघि बढाएको बताएका छन् ।

“जनताले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । यो समस्या समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक छ,” सांसद कोईरीको भनाइ छ । मन्त्रालय स्तरीय छलफलमा उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिइएको जानकारी सांसदको सचिवालयले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार