https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गौशाला, साउन १३ गते ।
मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा महोत्तरीको गौशाला नगरपालिका अन्तर्गतको मुख्य सडक—जिरामाईल चोकदेखि रामनगर वेश क्याम्पसम्म—सडकको दुबै छेउमा आँपका उन्नत जातका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ । वातावरण संरक्षण, हरियाली विस्तार र दीर्घकालीन आम्दानीको सम्भावनालाई लक्षित गर्दै सुरु गरिएको यो अभियान अहिले स्थानीय समुदायको चासोको केन्द्र बनेको छ ।


प्रदेश सरकारको आर्थिक सहयोगमा डिभिजन वन कार्यालय, जलेश्वरको समन्वय एवं प्राविधिक सहयोग तथा टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहकाे आयोजनामा वृक्षारोपण कार्यक्रम संचालन गरिएको छ । प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित २० लाख रुपैयाँ बजेट अन्तर्गत सञ्चालन गरिएको हो ।




उन्नत जात छानिए: गुणवत्तामा जोड
कार्यक्रम अन्तर्गत अम्रपाली, बम्बई र मालदह जातका आँपका बिरुवाहरू रोपिएका छन् । यी तीनै जात स्वाद, उत्पादन क्षमता र बजार मूल्यका हिसाबले नेपालमा अत्यन्त लोकप्रिय र लाभदायक मानिन्छन् । अम्रपाली जात फलमा रसिलो र गुदिलो हुने, बम्बई जात आकारमा ठूलो र दीर्घकालीन भण्डारण योग्य हुने, तथा मालदह जात स्वादिष्ट र छिटो फलदायक हुने कारणले समुदायको रोजाइमा परेका हुन् ।


वातावरण र आय–दुबैको समग्र सोच
पूर्व मन्त्री शाहले गाउँको सडक किनार हरियो र फलफूलले भरिएको देख्न पाउनु गौरवको कुरा भएको उल्लेख गर्दै आगामी दिनमा यस्तो अभियान अरू वडामा पनि विस्तार गर्न प्रदेश सरकारले सघाउने आश्वासन दिए ।

पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह




डिभिजन वन कार्यालय जलेश्वर, महाेत्तरीकाे प्रमुख अजय मिश्रका अनुसार वृक्षारोपण कार्यक्रम वातावरण संरक्षणको आधार मात्रै नभई समुदायलाई दीर्घकालीन आम्दानी दिलाउने अवसर समेत हो । “एक पटक बिरुवा रोपेर केही वर्ष संरक्षण गर्न सकियो भने यी बोटहरूले समुदायका लागि आयको स्थायी स्रोत बन्न सक्छन्,” उहाँले भने ।


संरक्षणमा समुदायको जिम्मेवारी
कार्यक्रममा सहभागी स्थानिय युवाहरू, महिला समूह र उपभोक्ता समितिका सदस्यहरूले बिरुवा संरक्षण र नियमित सिँचाइमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । “बिरुवा रोप्नु मात्र होइन, हेरचाह गर्न सकियो भने यो भविष्यमा हाम्रो बालबालिकाको लागि सम्पत्ति बन्न सक्छ,” सहभागी मध्ये एक युवाले भने ।


गौशालाको सडक किनारमा सुरु गरिएको आँपका उन्नत बिरुवा रोपण कार्यक्रम केवल हरियाली फैलाउने प्रयास मात्र नभई समग्रमा स्थानीय जीवनस्तर सुधार गर्ने एउटा दीर्घकालीन सोच भएको देखिन्छ । यस अभियानबाट प्रेरणा लिएर अन्य नगरपालिकाहरूले पनि यस्तो सस्तो, असरदार र समृद्धिलाई जोड्ने कार्यमा पहल गर्ने आशा गर्न सकिन्छ ।


वृक्षारोपण अभियानको औपचारिक उद्घाटन

वृक्षारोपण कार्यक्रम उपभोक्ता समूहका अध्यक्ष विनय कुमार झाको अध्यक्षता, पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद शाहको प्रमुख अतिथि, डिभिजन वन अधिकृत (डेफो) अजय मिश्रको विशिष्ट अतिथि, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य विजय कुमार साह, युवा नेता सूर्य नारायण साह, किशोर साह, उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरू, वन कार्यालयका कर्मचारीहरू लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार