https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कैलाली, साउन १३ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत सिँचाइ सुविधाको थप विस्तार, जलविद्युत उत्पादन तथा प्रसारण लाइनको मंगलबार उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले जानकी गाउँपालिका–९, कटासेमा निर्माण गरिएको नहरमार्फत थप १४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने कार्यको शुभारम्भ गरेका हुन्। साथै, उक्त आयोजनाबाट उत्पादित ४.७१ मेगावाट विद्युत ३३ केभी प्रसारण लाइनमा जोडिएको जानकारी दिइएको छ।

राष्ट्रिय गौरवको सूचीमा रहेको रानी जमरा कुलरिया आयोजना अहिले दोस्रो चरण सम्पन्न गरेर तेस्रो चरणमा प्रवेश गरेको छ। तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया र घोडाघोडी लगायतका पालिकामा सिँचाइ विस्तार हुने र यसले कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीले १२० वर्षअघि स्थानीय किसानहरूले सामूहिक प्रयास र परम्परागत सीप प्रयोग गरी सुरु गरेको प्रणालीलाई अहिलेको आधुनिक र प्रभावकारी संरचनामा विकास गर्न सफल भएको बताए। साथै, ग्रामीण जीवनशैलीको रूपान्तरण, ऊर्जा आत्मनिर्भरता र कृषि सुदृढीकरणमा यसको प्रभावकारी योगदान हुने उनको भनाइ थियो।

सो अवसरमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका अन्य सिँचाइ आयोजनाहरू—सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना—लाई यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार