https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, साउन १३ गते ।
सुख्खा संकटका कारण अति प्रभावित सर्लाही जिल्लाको धनकौल गाउँपालिकाले कृषक र सर्वसाधारणको राहतका लागि ठोस र प्रभावकारी निर्णय लिएको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले शून्य शुल्क नीति लागू गर्ने र डिप बोरिङमार्फत सिँचाइ सुविधा विस्तार गर्ने निर्णय गरेको हो।

नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्र लगाइने मालपोत कर, व्यक्तिगत घटना दर्ताको विलम्ब दस्तुर, र प्रमाणपत्र प्रतिलिपि दस्तुर पूर्ण रूपमा निःशुल्क गरिने छ। गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ कि सुख्खाबाट प्रत्यक्ष प्रभावित किसान र नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले यस्तो निर्णय लिइएको हो ।

सिंचाइ संकटबीच कृषि उत्पादनमा गिरावटको खतरा बढेपछि पालिकाले डिप ट्युबवेल बोरिङ जडान कार्यलाई तीव्रता दिने नीति पनि अघि सारेको छ। यो कार्यक्रमबाट सिंचाइ सहज भई खेतीबालीमा उत्पादन बढ्ने र किसानको जीवनयापनमा राहत पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष रामआश्रय साहले संकटको घडीमा जनताको साथ दिनु नेतृत्वको जिम्मेवारी भएको उल्लेख गर्दै सबै पालिकावासीलाई यस्ता सुविधा सदुपयोग गर्न आग्रह गरेका छन्। स्थानीय बासिन्दाहरूले अध्यक्ष साहको यो कदमलाई उनको दोस्रो कार्यकालको उल्लेखनीय उपलब्धिका रूपमा लिएका छन्।

धनकौल गाउँपालिकाको यो निर्णय अन्य स्थानीय तहका लागि पनि उदाहरणीय अभ्यास बन्न सक्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार