काठमाडौँ, साउन १४ गते ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालु वर्षको वैशाखदेखि साउन १४ गतेसम्म देशभर १ हजार ११ वटा आगलागीका घटना रेकर्ड भएका छन्। ती घटनामा १५ जनाको ज्यान गएको छ भने १४४ जना घाइते भएका छन्।
यस अवधिमा आगलागीले १ हजार १२४ घरपरिवार प्रभावित पारेका छन्। त्यस्तै, चार महिनामा विपद्सम्बन्धी कुल २ हजार ४५६ घटना भएका छन्, जसमा चट्याङका २४३ घटनाबाट २८ जनाको मृत्यु र १६९ घाइते भएका छन्।

सर्पदंशका ६६ घटनामा ८ जनाको मृत्यु र ६४ घाइते, जनावर आक्रमणका १३४ घटनामा १२ जनाको मृत्यु र ६२ घाइते, पहिरोका २४१ घटनामा १२ जनाको मृत्यु तथा हावाहुरीका २७६ घटनामा ८ जनाको मृत्यु भएको उल्लेख छ।
मंगलवार मात्रै देशभर ८ बाढी, १६ पहिरो, ५ आगलागी र ३ जनावर आक्रमणका घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ ।

