https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

ऐेजेन्सी
काठमाडौं, साउन १५ गते ।

भारतकी चर्चित अभिनेत्री तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि कडा प्रश्न उठाएकी छन्। उनले पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको कारबाही ‘अप्रेसन सिन्दूर’को नामकरणप्रति आपत्ति जनाएकी हुन्।

बुधबार राज्यसभामा सम्बोधन गर्दै बच्चनले भनिन्, “यो कारबाहीको नाम ‘सिन्दूर’ राख्नुको अर्थ के हो? सिन्दूर त उजाडियो! जसका श्रीमानहरू ज्यान गुमाए, ती महिलाहरू विधवा बने। तिनीहरूको सिन्दूर मेटियो। अनि किन यस्तो नाम?”

उनले थपिन्, “जे भयो, त्यो सब फिक्सन फिल्मजस्तो लाग्यो। केही मान्छे आए, ठूलो हत्याकाण्ड मच्चाए। तपाईंहरूलाई बधाई दिन्छु, यस्ता लेखक राख्नुभएकोमा जो यस्ता नाम र स्क्रिप्ट दिन्छन्।”

बच्चनले सरकारलाई स्मरण गराइन् कि संविधानको धारा ३७० खारेज गरेपछि ‘कश्मीरबाट आतंकवाद समाप्त भयो’ भन्दै मोदी सरकारले निकै प्रचार गरेको थियो। तर अहिले त्यही कश्मीरमा तीर्थयात्रीमाथि आक्रमण हुनुले त्यो दाबीको पोल खुलेको उनी बताउँछिन्।

उनको भनाइमा, “सरकारको भरोसा गरेर मानिसहरू कश्मीर पुगेका थिए, तर उनीहरू यति ठुलो घटनाको शिकार भए। यस्ता घाउ कहिल्यै मेटिँदैनन्। जनताले यो कुरा बिर्सने छैनन्।”

प्रतिक्रिया

सम्बन्धित समाचार