https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


शैलेश गुप्ता
पोखरिया, पर्सा
पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–१, रामभौरी भाठामा अवस्थित श्री श्री १००८ श्री दुधेश्रवरनाथ महादेव मन्दिर भाथा धाममा प्रत्येक वर्ष श्रावण कृष्ण पक्ष परेवा तिथिदेखि एक महिनासम्म विशेष धार्मिक मेला आयोजना गरिन्छ। यस्तैगरी माघ शुक्ल पञ्चमी, बैशाख त्रयोदशीजेठको गङ्गा दशहरामा पनि यहाँ विशेष पूजा–अर्चना र मेलाको आयोजना गरिन्छ ।

अन्तर्राष्ट्रिय श्रद्धालुको सहभागिता
धार्मिक महत्त्व बोकेको यस मन्दिरमा नेपालका विभिन्न स्थानसँगै भारत, बङ्गलादेश, श्रीलङ्का, चीन, अमेरिका लगायत देशहरूबाट समेत श्रद्धालु तथा पर्यटकहरूको आगमन हुने गर्छ। तीमध्ये विशेषगरी भारतको बिहार राज्यबाट सर्वाधिक भक्तजनको उपस्थिति रहने गर्छ ।

यात्राको आरम्भ : घना जङ्गल हुँदै भाथा धामतिर
भक्तजनहरूको यात्रा पटेर्वा सुगौली–१ सोनवर्षा गाउँबाट सुरु हुन्छ। यो यात्रा घना जंगल हुँदै अगाडि बढ्छ। अर्को प्रमुख यात्रा मार्ग पोखरिया नगरपालिका–४ स्थित पोखरेश्वर महादेव मन्दिरदेखि सुरु भई जगरनाथपुर गाउँपालिका–६ माधोपुर हुँदै, सुगौली नदीको बाँध पार गर्दै भाथा धाम पुग्ने हो ।



यो यात्रा मार्ग करिब ३३ किलोमिटर लामो छ। पोखरिया भने पर्साको बिरगंज पावर हाउस चौकबाट १८ किलोमिटर पश्चिमतर्फ पर्छ ।

भारतको पश्चिमी चम्पारण (सिकटा) क्षेत्रबाट आउने भक्तजनहरू छिपहरमाई–५ भिस्वा हुँदै पोखरिया पुग्ने गर्छन्, जसको दूरी झन्डै १२ किलोमिटर रहेको छ ।

वनदेवीको आशीर्वाद र जङ्गलको यात्रा
सोनवर्षा गाउँबाट यात्रा थालेपछि वनदेवी माताको मन्दिर पहिलो पूजास्थल हो। भक्तजनहरू जंगलमा रहेको जुनसुकै रुखको पात वा हाँगा चढाएर देवीको आशीर्वाद लिएर यात्रा अगाडि बढाउने गर्छन् ।

स्थानीय धार्मिक विश्वासअनुसार, देवीको आशीर्वादले जङ्गली जनावरको आक्रमणबाट बच्न सकिन्छ।
जंगलको मार्गमा हरिण, चितुवा, गेंडा, बाघ, मोर, मयुर, स्याल, भालु, हाँथी, बाँदर, बन कुखुरा जस्ता जङ्गली जनावरहरू देखिने गर्छन्। त्यहाँ वन रक्षक प्रहरीको चेकपोष्ट पनि रहेको छ ।

पवित्र स्नान र जल अर्पण
मन्दिर क्षेत्रमा प्रवेश गर्नु अगाडि भक्तजनहरू सोते नदीमा स्नान गरी त्यही नदीको जल बोकेर बाबा दुधेश्रवरनाथ महादेवलाई जल अर्पण गर्ने परम्परा छ ।

धर्मशाला र भण्डारा व्यवस्था
मन्दिर परिसरमा सार्वजनिक धर्मशाला रहेको छ जहाँ भक्तजनहरूले आफैं खाना पकाएर खाने वा मन्दिरद्वारा सञ्चालित भण्डारामा निःशुल्क भोजन ग्रहण गर्न सक्छन्।
प्रवेशद्वारको दायाँतर्फ भगवान गणेशको मन्दिर रहेको छ। भक्तजनहरू सर्वप्रथम गणेशजीको दर्शन गरेर मन्दिरको भर्याङ चढ्ने गर्छन् ।

मन्दिर परिसरभित्रको देवालयहरू
मुख्य मन्दिरमा श्री श्री १००८ श्री दुधेश्रवरनाथ महादेव, माता पार्वती, माता दुर्गाका मन्दिरहरू रहेका छन्। यहाँ नियमित रूपमा पुजारीहरूद्वारा पूजा, आरती, र प्रसाद वितरण हुने गर्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार