पवन प्रसाद साह
काठमाडौं, साउन १६ गते ।
काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा नयाँ स्वास्थ्य सेवा केन्द्रको रूपमा काठमाडौं नेशनल मेडिकल कलेज शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

उद्घाटन अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै विशेष योजनाहरू ल्याइएको छ। ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिने भएको छ भने अन्य सेवामा पनि सुरुवाती चरणमा विशेष छुट दिइने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले निम्न विभागहरूमा विशेषज्ञ सेवा प्रदान गर्दैछ:

जेनेरल मेडिसिन, जेनेरल सर्जरी

प्रसूति तथा स्त्री रोग, बाल रोग

नाक–कान–घाँटी, मानसिक स्वास्थ्य

छाला तथा यौन रोग, सौन्दर्य उपचार

आँखा, नसा, मुटु, किड्नी, मूत्र तथा छाती रोग

त्यसै गरी, २४ घण्टा आपतकालीन सेवा (Emergency) उपलब्ध हुनेछ। साथै, एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स–रे, फिजियोथेरापी लगायतका सेवामा विशेष छुट दिइने बताइएको छ। अस्पतालभित्रै फार्मेसी सेवा समेत उपलब्ध हुनेछ।

अस्पतालको संरचनागत सुविधा यसप्रकार छ:

१५ बेडको ICU, १५ बेडको HDU

१५ बेडको Neonatal ICU

१६ बेडको Emergency वार्ड

हाल १७४ बेड क्षमताको संरचना तयार भइसकेको भए पनि प्रारम्भिक चरणमा १०० बेडको स्वीकृति लिइएको छ।

कलेजका सञ्चालक बसरुद्दीन अन्सारीले शुभारम्भ समारोहमा बोल्दै नागरिकलाई गुणस्तरीय, सुलभ र विश्वासिलो सेवा दिने प्रतिबद्धता व्यक्त गरे। उनले सेवा प्रति जनविश्वास कायम राख्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई अस्पतालको सेवा उपयोग गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार