https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, साउन १६ गते ।
नेशनल मेडिकल कलेज प्रा.लि., बीरगञ्ज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेड बीच कर्मचारी र उनीहरूका आश्रितहरूलाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आपसी समझदारीपत्र (MOU) मा हस्ताक्षर गरिएको छ।

सम्झौता नेशनल मेडिकल कलेजको दर्ता कार्यालय (बीरगञ्ज–१५) मा आयोजित विशेष समारोहका बीच सम्पन्न भएको हो।

कार्यक्रममा कलेजको तर्फबाट

डा. इशरत जहान अन्सारी (अस्पताल निर्देशक)

इञ्जिनियर प्रदीप चौधरी (सूचना अधिकृत)

जितेश चन्द्र दास (मार्केटिङ म्यानेजर)

बिश्वनाथ कान्त (प्रशासनिक अधिकृत)
सहितको उपस्थिति थियो।

त्यस्तै, हुलास आइरन इन्डस्ट्रीज र हुलास इन्फ्राको तर्फबाट

गोकुल पौडेल (वरिष्ठ मानव संसाधन प्रबन्धक)

मनोज पारिख (लेखा विभाग प्रतिनिधि)
लगायत सहभागी थिए।

सम्झौताका प्रमुख बुँदाहरू:

हुलासका सञ्चालक समिति सदस्य, कर्मचारी, र उनीहरूको आश्रितहरू (बाबु–आमा, श्रीमान/श्रीमती, २ जना सन्तान) ले नगदरहित सेवा प्राप्त गर्न सक्नेछन्।

सामाजिक सुरक्षा कोष (SSF) अन्तर्गतका लाभार्थीहरूलाई SSF समन्वयमा सेवा प्रदान गरिनेछ।

गैर-SSF लाभार्थीहरूलाई विभिन्न छुट दिइनेछ।

Guarantee of Payment (GOP) प्राप्त भएलगत्तै आपतकालीन सेवा तुरुन्तै उपलब्ध हुनेछ।

औद्योगिक दुर्घटना, पूर्व–रोजगार चेकअप, वार्षिक स्वास्थ्य परीक्षण, र त्रैमासिक निःशुल्क स्वास्थ्य शिविर पनि सेवा सुविधामा समावेश छन्।

सम्झौताको अवधि एक वर्षको हुनेछ, जसलाई आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। दुबै पक्षले पारदर्शिता र गोपनीयताको सिद्धान्तमा आधारित रहेर सेवा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रेस सल्लाहकार आशिक अन्सारीका अनुसार, “यो सहकार्यले निजी क्षेत्रका कर्मचारीहरूलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा ठुलो उपलब्धि हुने” विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार