https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


पवन प्रसाद साह
बिरगंज, भदौ १७ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साको निर्देशनअनुसार आगामी अधिवेशनलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका–१७, अलौंमा वडा इकाइ समिति गठन गरिएको छ ।

वर्तमान वडा इकाइ अध्यक्ष छठु साह कानुको अध्यक्षतामा, पार्टी निर्वाचन अधिकृत सम्भु गिरीको प्रमुख आतिथ्यमा, तथा जिल्ला र प्रदेशस्तरीय नेताहरूको रोहबरमा आयोजित कार्यक्रममा शुमेश्वरनाथ उपाध्यायको संयोजकत्वमा ४१ सदस्यीय वडा इकाइ समिति गठन गरिएको हो ।



गठित समितिमा उपाध्यक्षमा छठु साह कानु र जय राम साह तेली चयन भएका छन्। महिला उपाध्यक्षमा प्रमिला देवी सहनी, कोषाध्यक्षमा श्रीमती रामसखी देवी राम, सचिवमा देवेन्द्र ढुङ्गगाना र सहसचिवमा दिपेन्द्र साह तुराहा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा धुरेन्द्र पटेल, राजकुमार पटेल, पवन कुमार यादव, प्रदीप चौधरी, जितेन्द्र प्रसाद कुर्मी, लालबाबु तुराहा, गोपी महतो नुनिया, राजकिशोर उपाध्याय, महेन्द्र सहनी, रामनारायण सहनी, कनाही साह कानु, रामाकान्त साह कानु, जगदीश सहनी, जीवन साह तुराहा, देवनारायण ठाकुर, लक्ष्मी देवी क्षेत्री, विष्णु राम, विनोद सहनी, रम्भा देवी राम, कोशीला देवी राम, विनोद साह तुराहा लगायत अन्य सदस्यहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार