https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


जनकपुरधाम, साउन १९ गते ।
सप्तरी जिल्लाको राजविराज नगरपालिका-११, झल्हीमा एक १५ वर्षीया दलित बालिकामाथि भएको भनिएको सामूहिक बलात्कारको घटनालाई लिएर नागरिक समाज र बाल अधिकारकर्मीहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।


जिल्ला बाल क्लब सञ्जालका सचिव लखन राम, प्रदेश बाल सञ्जालका अध्यक्ष निरञ्जन कुमार साह र नागरिक समाज सञ्जालका अध्यक्ष दीपक कुमार झा सहित तीन संस्थाले संयुक्त रूपमा ध्यानाकर्षण पत्र जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाउँदै न्यायको माग गरेका छन् ।




गत साउन १६ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख भएअनुसार, घटनापछि पीडित परिवार माथि दबाब दिइएको र आरोपितहरूले आरोप अस्वीकार गरेको समाचार आएको थियो । यस विषयमा प्रहरीले थप जानकारी दिन नमानेको आरोप समेत लगाइएको छ ।


यस घटनाप्रति गहिरो दुःख र निन्दा व्यक्त गर्दै ध्यानाकर्षण पत्रमा भनिएको छ, “यस संवेदनशील पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधिहरू तत्काल रोक्न, आगामी दिनहरूमा यस्ता कार्य नदोहोरिने सुनिश्चितता गर्न तथा नेपालको संविधानको धारा ३९ अनुरूप बालबालिकाको हकको सम्मान गर्न आग्रह गर्दछौं ।”




यी संस्थाहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने, दोषीहरूलाई कारबाही गर्ने र पीडितलाई उचित न्याय दिलाउनका लागि सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । उनीहरूको यो संयुक्त पहलले यस घटनाको छानबिनमा थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार