https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, साउन १९ गते ।

बडादशैंको अवसरमा गौशाला नगरपालिका–२ स्थित ऐतिहासिक दुर्गा मन्दिरमा आयोजना गरिने दुर्गा पूजा तथा मेलाको तयारी स्वरूप व्यवस्थापन समिति गठन गरिएको छ।

वडा अध्यक्ष श्यामसुन्दर मण्डलको अध्यक्षतामा बसेको भेलाले राजकिशोर मण्डलको अध्यक्षतामा ‘दुर्गा पूजा समिति–२०८२’ गठन गरेको हो। समितिमा सचिव शत्रुधन महरा, कोषाध्यक्ष मनोज ठाकुर तथा अन्य सदस्यहरू मदन मण्डल, पप्पू मण्डल, विनय यादव, जयप्रकाश साह, चुकहाई महरा, जयकुमार महतो र सुजय ठाकुर छन्।

पूजा तथा मेला कार्यक्रम शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्ने निर्णयसँगै सुरक्षा मापदण्डको पनि पूर्ण पालना गरिने जानकारी दिइएको छ। साथै, कुमार कान्त झा, रामस्नेही मण्डल लगायत सम्मिलित सल्लाहकार समिति पनि गठन गरिएको छ।

दशैंको समयमा हजारौं श्रद्धालुहरू भेला हुने यस मन्दिरमा धार्मिक तथा सांस्कृतिक महत्वको भव्य मेला लाग्ने परम्परा रहिआएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार