https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मोरङ, साउन २१ गते ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल तथा श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिको संयुक्त आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर, सेवा आश्रम सुन्दरहरैंचा–९, विराटचोकमा एकल भजन गायन प्रतियोगिता आयोजना हुने भएको छ।

भाद्र ७ गते पर्ने श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिने सो प्रतियोगिता भक्तिमय वातावरणमा कृष्णप्रेमीहरूबीच भक्ति संगीतको माध्यमबाट आध्यात्मिक भावनाको प्रवाह गर्ने उद्देश्यले गरिएको हो ।

आयोजकका अनुसार प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ।

पहिलो चरण (छनौट राउण्ड) श्रावण २४ गते शनिबार बिहान ११:०० बजे विराटचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा हुनेछ।

फाइनल चरण भने श्रावण ३१ गते शनिबार बिहान ११:०० बजे सलकपुर मन्दिरमा आयोजना हुनेछ।

प्रतियोगिताका नियमहरू यसप्रकार छन्:
१. गायन प्रस्तुति अनिवार्य रूपमा एकल हुनुपर्नेछ।
२. प्रत्येक भजन कम्तीमा ३ मिनेट र बढीमा ५ मिनेटको हुनुपर्नेछ।
३. भजन कृष्णपरक, भक्ति रसमय तथा शिष्ट हुनु आवश्यक छ।
४. सहभागीहरूले श्रावण २३ गतेभित्र नाम दर्ता गराइसक्नुपर्नेछ।
५. छनौट भएका प्रतियोगीहरूले फाइनलमा गाउने भजनको बोल श्रावण २४ कै दिन टिपाउनु पर्नेछ।
६. उत्कृष्ट ४ जना भजन गायकरूको प्रस्तुति जन्माष्टमी साँझ हुने कार्यक्रममार्फत सार्वजनिक गरिनेछ।

पुरस्कार वितरण पनि सोही अवसरमा गरिनेछ।

कार्यक्रम संयोजक देवराज ढकाल (९८६२१४७२५२ / ९८१६८१९७४२) र सचिव युवराज पौडेल (९८५२०६३३९१) बाट थप जानकारी लिन सकिने आयोजकले जनाएका छन्।

आयोजक संस्था:
श्रीमद् बितक कथा तथा श्रीकृष्ण जन्माष्टमी एवम् शोभायात्रा मूल समारोह समिति–२०८२, सुन्दरहरैंचा, मोरङ

प्रतिक्रिया

सम्बन्धित समाचार