https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असार १७ गते ।

स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन्। संयुक्त राष्ट्रसंघद्वारा आयोजित ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत उक्त बैठक आयोजना गरिएको हो।

प्रधानमन्त्री ओली २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलसहित सम्मेलनमा सहभागी हुन स्पेन गएका हुन्। सम्मेलन यही असार १६ देखि १९ गतेसम्म सञ्चालन भइरहेको छ।

बैठकमा प्रधानमन्त्री ओलीले अल्पविकसित राष्ट्रहरूको साझा चुनौती, वित्तीय सहयोग र दिगो विकासका आवश्यकतामाथि जोड दिएका थिए। साथै, उनले विकासशील राष्ट्रहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न संयुक्त प्रयासको आवश्यकता औंल्याएका थिए।

संयुक्त राष्ट्रसंघको आयोजनामा भइरहेको यो सम्मेलनले विकासका लागि आवश्यक वित्तीय स्रोत, दिगो लगानी, र साझा सहकार्यका विषयमा विश्व नेताहरूबीच उच्चस्तरीय छलफलको अवसर प्रदान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार