https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजविराज, साउन २१ गते ।

सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुरमा प्रहरीले चलाएको गोलीबाट एक स्थानीयको मृत्यु भएपछि बुधवार बिहानैदेखि तनावपूर्ण अवस्था सिर्जना भएको छ। मृतकको परिवार र स्थानीय बासिन्दाहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीको गेटमा टायर बालेर प्रदर्शन गरेका छन्।

मंगलबार राति मदिरा तस्करी नियन्त्रणको अभियानका क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा ३६ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर मृत्यु भएको हो। यादवको तिघ्रामा गोली लागेपछि गम्भीर अवस्थामा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार भारतीय सीमावर्ती क्षेत्रमा ठूलो मात्रामा मदिरा भण्डारण गरी तस्करी भइरहेको सूचनाको आधारमा गरिएको सर्च अपरेसनका क्रममा स्थानीय तस्कर र प्रहरीबीच झडप भएको थियो। आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

तर, घटनाबारे स्थानीयको भिन्न भनाइ छ। मृतक लालु यादवलाई प्रहरी नियन्त्रणमा लिएर नियोजित रूपमा गोली प्रहार गरिएको आरोप स्थानीय नेता दिपेन्द्र यादवले लगाएका छन्। उनका अनुसार, “प्रहरीले लालुलाई पहिले नै बोलाएर नियन्त्रणमा लिएको थियो, त्यसपछि सर्च अपरेसनका क्रममा सामान्य विवाद हुँदा खेतमा लगेर गोली हानेर फालिएको हो। दोहोरो झडप नै भएको छैन।”

मृतकका ज्वाइँ तथा प्रदर्शनमा सहभागी ई. संजीवनारायण यादवले लालु यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेको र कानुनी रूपमा लाइसेन्स लिएर व्यापार गर्दै आएको उल्लेख गर्दै, “उहाँ निहत्था हुनुहुन्थ्यो, प्रहरीले गोली हान्नु अमानवीय र गैरकानुनी हो,” भने।

यसैबीच, जिल्ला प्रहरी कार्यालय सप्तरीले सोही क्षेत्रमा गरिएको अपरेसनमा विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरिएको जानकारी दिएको छ।

घटनापछि राजविराज क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार