https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मुकेश झा
सर्लाही, साउन २१ गते ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा टायरगाढासँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृतक २१ वर्षीय अशोक यादव सोही नगरपालिका–९ का बासिन्दा हुन्।

मंगलबार साँझ खीला गाउँबाट बसन्तपुरतर्फ जाँदै गरेको टायरगाढासँग विपरीत दिशाबाट आइरहेको ज ५ प २२०८ नम्बरको मोटरसाइकल ठोक्किँदा यादव गम्भीर घाइते भएका थिए। घटनास्थलमै गम्भीर चोट लागेका उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।



दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाहरूले बुधबार बिहान मिर्चैया चोकमा टायर बालेर बाँके–सङ्ग्रामपुर सडक खण्ड अवरुद्ध गरेका छन्। उनीहरूले मृतकको परिवारलाई न्याय र टायरगाढा सञ्चालनमा कडा नियमनको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार टायरगाढा कानुनी रूपमा सवारी साधनमा वर्गीकृत नपर्ने भएकाले चालकलाई पक्राउ गरिएको छैन। “टायरगाढा न दर्ता गर्नुपर्ने सवारी हो, न त्यसका चालकसँग लाइसेन्स हुनुपर्ने कानुनी व्यवस्था छ,” प्रहरी निरीक्षक सिंहले बताए।

मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार