https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


सम्सी, साउन २२ गते ।
महाेत्तरीकाे सम्सी गाउँपालिका वडा नं. ६ मा नवनिर्मित वडा कार्यालय भवन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामनाथ यादव थिए। कार्यक्रममा वडा अध्यक्ष शेख उमैद, गाउँपालिका सदस्यहरू, स्थानीय समाजसेवी, कर्मचारीहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त नयाँ संरचनाहरूले वडा नं. ६ का नागरिकहरूलाई प्रशासनिक तथा स्वास्थ्य सेवा सुलभ, छरितो र प्रभावकारी रूपमा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। साथै उनले स्वास्थ्य सेवा केन्द्रमार्फत स्थानीय नागरिकहरूले आवश्यक स्वास्थ्य परामर्श र उपचार सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा व्यक्त गरे ।



समारोहमा वक्ताहरूले समग्र विकासका लागि सुदृढ पूर्वाधार, प्रभावकारी प्रशासन र पहुँच योग्य स्वास्थ्य सेवा अनिवार्य रहेको उल्लेख गर्दै सम्सी–६ मा सम्पन्न यो परियोजनालाई सकारात्मक उपलब्धिको रूपमा स्वागत गरे ।

उद्घाटनको अवसरमा रातो फिता काटेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। प्रमुख अतिथिहरूलाई माला र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

स्थानीय बासिन्दाहरूले यस विकास परियोजनाबाट वडाभित्र सेवा प्रवाहमा सुधार आउने र जनताको सरकारप्रतिको विश्वास अझै बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार