https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, साउन २३ गते ।

सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट लडेर एक बालकको ज्यान गएको छ।

मृतक धनकौल गाउँपालिका–३ हरकठ्वाका १३ वर्षीय फैजान शेख हुन्। उनी बरहथवा नगरपालिका–८ स्थित कायाकल्प एकेडेमीका कक्षा ३ का विद्यार्थी थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, बिहीबार अपराह्न साढे ४ बजे बरहथवा–८ टाँडीस्थित भित्री सडकखण्डमा ग १ ख ९५६८ नम्बरको स्कुल बसको ढोकाबाट लडेर फैजान गम्भीर घाइते भएका थिए। घटनाका बेला उनी बसको ढोकामा उभिरहेका थिए।

घाइते अवस्थामा फैजानलाई तत्कालै बरहथवाको संकटमोचन अस्पतालमा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पठाइएको थियो। तर, साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार