https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


राजेश सिंह
गाैशाला, साउन २४ गते ।
दाजु–बहिनीबीचको मायाँ, विश्वास र सम्बन्धको प्रतीकका रूपमा मनाइने रक्षाबन्धन पर्वको परम्परा प्राचीन कालदेखि सुरु भएको मानिन्छ । धार्मिक ग्रन्थहरूका अनुसार, देवासुर संग्रामको समयमा इन्द्राणीले भगवान इन्द्रको हातमा रक्षा सूत्र बाँधेको प्रसंगलाई आधुनिक रक्षाबन्धनको प्रारम्भिक रूप मानिन्छ । त्यसयता यो परम्परा हिन्दू संस्कृति र वैदिक संस्कारको महत्त्वपूर्ण अङ्गका रूपमा पुस्तौंदेखि मनाइँदै आएको छ ।


ज्योतिषविद् डा. बिबेक पाण्डेयले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान ७:३० बजेबाट दिउँसो १:५० बजेसम्म राखी बाँध्ने कार्यको लागि शुभ समय रहनेछ । उनका अनुसार, बिहान ७:१५ देखि ७:५० सम्म र बिहान १०:४० देखि ११:१५ सम्मको समयलाई विशेष उत्तम (अत्यन्त शुभ) मानिएको छ । यस अवधिमा राखी बाँध्दा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।




रक्षाबन्धनको दिन बहिनीहरूले दाजुलाई रक्षा सूत्र (राखी) बाँधेर दीर्घायु, स्वास्थ्य र सफलताको कामना गर्छन्, भने दाजुहरूले बहिनीलाई सुरक्षा र सहयोगको वाचा दिने परम्परा रहिआएको छ । यो पर्वले पारिवारिक प्रेम र सामाजिक सद्भावलाई अझ मजबुत बनाउने अवसर प्रदान गर्छ ।


नेपालका विभिन्न भागमा यो पर्व धूमधामका साथ मनाइने गरिन्छ । बजारमा रंगीन राखी, मिठाई र उपहारका स्टलहरू सजिएका छन् । सामाजिक सञ्जालमा पनि शुभकामना सन्देश र तस्बिरहरूको आदान–प्रदान सुरु भइसकेको छ । डा. पाण्डेयले पर्वको अवसरमा शुभ समयको पालना गर्दा धार्मिक, सांस्कृतिक र पारिवारिक लाभ प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार