https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


अजय मिश्रा
कपिलवस्तु, साउन २४ गते ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–२ फेमिली क्लिनिक अगाडिबाट लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने धुलो पदार्थसहित एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले साउन २२ गते बिहीबार बेलुकी करिब ८ बजे शंकास्पद रूपमा हिँडिरहेका कृष्णनगर–२ शंकरनगर बस्ने ४६ वर्षीय दीप नारायण कुर्मीलाई नियन्त्रणमा लिएको हो ।



चेकजाँच गर्दा उनको साथमा लुकाइछिपाई राखिएको ३ वटा प्लास्टिकमा प्याक गरिएका ६५ पुडिया फेला परे। तौल गर्दा शुद्ध २ ग्राम ८० मिलिग्राम लागुऔषध (खैरो हिरोइन) जस्तो देखिने धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ। साथै, नगद रु. ३०,००० पनि बरामद गरिएको छ ।

पक्राउ परेका कुर्मीलाई कपिलवस्तु जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रितेन्द्र कुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार