https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


चन्दन कूमार महतो
रौतहट, साउन २६ गते ।
रौतहट जिल्लाको परोहा नगरपालिका–८, नरकटियास्थित श्री ओम माध्यमिक विद्यालयमा निर्माण सम्पन्न दुई तले आठ कोठे पक्की भवन आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले नयाँ भवनले शिक्षण–अधिगम प्रक्रियामा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयलाई आवश्यक अन्य पूर्वाधार क्रमशः उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै, भवन निर्माणमा सहयोग पुर्‍याउने सबै निकाय र स्थानीयवासीप्रति आभार प्रकट गर्नुभयो ।



उद्घाटन समारोहमा नेपाली काँग्रेसका युवा नेता मोहम्मद महताब आलम, जिल्ला सचिव रामचन्द्र गिरी, प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मोहफुज अहमद, ई. दिपेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक बली गिरी, शिक्षक, वडा अध्यक्षहरू, कर्मचारी, स्थानीयवासी, पत्रकार तथा विद्यार्थीहरूको सहभागिता उल्लेखनीय थियो।

प्रधानाध्यापक बली गिरीले भवन निर्माणपछि विद्यालयमा अब कक्षा ११ सम्म पठन–पाठन सहज हुने र सिकाइको गुणस्तरमा सुधार आउने बताए। स्थानीयवासीहरूले पनि नयाँ भवनले सुरक्षित, व्यवस्थित र आधुनिक अध्ययन वातावरण उपलब्ध गराउनेमा खुशी व्यक्त गरे।

विद्यालयमा खेल मैदान, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायत थप पूर्वाधारको आवश्यकता रहेको सरोकारवालाहरूको भनाइ छ। नयाँ भवन सञ्चालनमा आएपछि विद्यार्थी भर्ना वृद्धि, कक्षा व्यवस्थापनमा सहजता र शिक्षण–अधिगमको गुणस्तरमा प्रत्यक्ष सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार