https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


चितवन, साउन २७ गते ।
अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा चितवनको सौराहामा मंगलबार विशेष हात्ती वनभोज कार्यक्रम सम्पन्न भएको छ।

अगस्ट १२ लाई हरेक वर्ष हात्ती संरक्षण दिवसका रूपमा मनाइँदै आएको छ। यस वर्ष १४औं संस्करणको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र निजीस्तरमा पालिएका हात्तीलाई बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा वनभोज खुवाइएको हो ।



कार्यक्रमको आयोजना युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले गरेको थियो। संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार वनभोजमा सरकारी र निजी गरी ६० वटा हात्ती सहभागी थिए।

निजी हात्ती: ३८
निकुञ्जका हात्ती: १९
राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती: ३


वनभोजमा हात्तीका प्रिय परिकारहरू — उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा र खरबुजा सहित विभिन्न मौसमी फलफूल र तरकारीहरू समावेश गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार