https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


काठमाडौँ, साउन २८ गते ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार प्रतिनिधिसभा बैठकमार्फत राजीनामा घोषणा गरेका छन्। निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिरियड प्रावधानमा चलखेल भएको आरोपमा गठित संसदीय छानबिन समितिले उनलाई ‘नैतिक रूपमा जिम्मेवार’ ठहर गरेपछि उनले पद छाड्ने निर्णय गरेका हुन् ।

राजीनामापछि समितिले नैतिक रूपमा जिम्मेवार ठहर गरिएका कर्मचारीमाथि के कारबाही गर्ने भन्ने विषय अन्योलमा परेको छ, किनकि लोकसेवा आयोगको अनुमतिबिना कारबाही गर्न नसकिने स्थिति छ। प्रतिवेदनमा समितिले केही उच्च पदस्थ कर्मचारीहरूलाई पनि नैतिक दबाबको कारण कुलिङ पिरियड हटाउने प्रयास भएको उल्लेख गरेको छ ।

राजीनामा घोषणा गर्दै खतिवडाले आफूले निष्ठाको राजनीति गरिरहेको दाबी गर्दै भने, “पदलाई भन्दा प्रश्नलाई माथि राखेर आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्छु।” उनले विधेयक पारित प्रक्रियामा दबाब र शक्ति प्रदर्शनको खेल भएको आरोप लगाउँदै त्रुटि आफू वा समितिबाट नभएको स्पष्ट पारे ।

गत असार २३ गते गठन गरिएको छानबिन विशेष समितिमा विभिन्न दलका सात सदस्य रहेका थिए। समितिले प्रस्तुत प्रतिवेदनमा खतिवडा र समिति सचिव सुरजकुमार दुराको हस्ताक्षर रहेको भन्दै उनीहरूको नाम किटान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार