https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


जनकपुरधाम, साउन २९ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशका सबै निजी अस्पताललाई गरिब र असहाय बिरामीको उपचार निःशुल्क गर्न चेतावनी सहित निर्देशन दिएका छन्।

उनका अनुसार नेपाल सरकारको नियमले हरेक अस्पतालले कम्तीमा १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ, तर अधिकांश अस्पतालले यो नियम बेवास्ता गरिरहेका छन्।

आरोग्य निकेतन अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले छड्के अनुगमनका क्रममा सयौँ अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको उल्लेख गरे। कतिपयले कम बेडको अनुमति लिएर बढी बेडमा सेवा दिइरहेको र यस्तो अवस्था रोक्न आवश्यक कदम चालिने उनले स्पष्ट पारे।

अस्पतालका प्रबन्ध निर्देशक डा. मोस्ताक अलीले यस क्षेत्रमा पहिलोपटक मुटुरोग उपचारका लागि अत्याधुनिक क्याथ ल्याबको सुविधा सुरु भएको जानकारी दिए । साथै, अत्याधुनिक ल्याब र छिटो सेवा मार्फत सबै प्रकारका बिरामीलाई सहज उपचार दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार