https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, साउन ३१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–८ मा निर्माण गरिएको गौशाला सुधार केन्द्रको भवन शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री माननीय राजकुमार लेखीले उद्घाटन गरिएको हाे ।

३२ बेड क्षमता भएको सुधार केन्द्रलाई थप संरचना र गाडी आवश्यक रहेको उल्लेख गर्दै मन्त्री लेखीले प्रदेश सरकारबाट आवश्यक रकम विनियोजन गरी सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सो अवसरमा पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद शाहले सुधार केन्द्रलाई थप व्यवस्थित बनाउन र बेड विस्तारका लागि प्रदेश सरकारमार्फत बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री साहले उद्घाटन कार्यक्रममा भने, “युवाहरूमा बढ्दै गएको लागूपदार्थ दुर्व्यसन रोकथामका लागि सुधार केन्द्र अपरिहार्य भएको हो। यसलाई समयमै नियन्त्रण नगर्ने हो भने देशमै गम्भीर संकट उत्पन्न हुनसक्छ ।”

हाल ३२ बेड क्षमताको यो सुधार केन्द्रलाई क्रमशः १०० बेडसम्म विस्तार गर्ने योजना रहेको र विपन्न, गरिब तथा दलित समुदायका लागि पूर्ण निःशुल्क सेवा उपलब्ध गराइने मन्त्री साहले जानकारी दिए। साथै उनले भने, “यी कार्यहरूले समाजमा अन्धकारबाट उज्यालोतर्फ फर्काउने बाटो खोल्छन्। यदि राज्यका अगुवाहरूले यस्तो दयालु कार्य निरन्तर गर्दै गए भने, देशमा नयाँ पुस्ता स्वस्थ, सक्षम र उज्ज्वल भविष्य निर्माण गर्नेछ।”



सुधार केन्द्रको भवन निर्माणका लागि प्रदेश सरकारको ४० लाख र स्थानीय सरकारको २५ लाख लागत विनियोजन गरिएको थियो। सुविधा सम्पन्न भवन तयार भए पनि संचालनको लागि थप आवश्यक सहयोग गर्न नगरपालिका सधैँ तत्पर रहने प्रतिबद्धता नगर प्रमुख डा. दिपेन्द्र महतोले व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व मेयर शिवनाथ महतोले आफूले सुरु गरेको सुधार केन्द्रको काम अहिले संचालन हुन लाग्दा खुशी व्यक्त गर्नुभयो। स्थानीयको मागअनुसारै सुधार केन्द्र स्थापनाको काम अघि बढाइएको उहाँले बताउनुभयो ।

उद्घाटन समारोह नगर प्रमुख डा. महतोको अध्यक्षता, मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व मन्त्री भरत प्रसाद शाह, पूर्व मेयर शिवनाथ महतो, सबै वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार