काठमाडौं, साउन ३१ गते ।
लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५–आर अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ मिथिला सिटीले आफ्नो ११औं चार्टर वार्षिकोत्सव तथा Charter Presentation, Induction, Installation & Award Ceremony Program गत बुधबार राजधानी काठमाडौँमा भव्य, मर्यादित र प्रेरणादायी रूपमा सम्पन्न गरेको छ।
कार्यक्रम क्लब अध्यक्ष लायन आनन्द कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व शिक्षामन्त्री तथा संविधान सभाका सदस्य गिरीराजमणि पोखरेल प्रमुख अतिथि रहनुभएको थियो।
लायन्स इन्टरनेशनल जिल्ला ३२५–आरका गर्भनर लायन नवराज सापकोटा विशेष अतिथि रहनुभएको कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन उदय कान्त झालाई विशेष सम्मान गरियो। साथै, चार्टर सदस्यहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा मैथिली लोकगायक रवि राज शाहको आकर्षक प्रस्तुति रहेको थियो।
समारोहमा निबर्तमान गर्भनर लायन दिननाथ न्यौपाने, १st VDG लायन प्रभाकर पण्डित, २nd VDG लायन दिपेन्द्र खतिवडा, पूर्व गर्भनरहरू लायन राजकुमार श्रेष्ठ, लायन सिद्धार्थ लाल चुके, लायन डि.के. ढुगाना, लायन आर.एस. महतोलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यस्तै, क्याबिनेट कोषाध्यक्ष लायन विकास पौडेल, वरिष्ठ पदाधिकारी लायन जगन्नाथ पुडासैनी, क्लस्टर प्रमुख लायन रमेश कुमार पुडासैनी, जोन तथा अफिसरहरू, क्लब अध्यक्षहरू र पदाधिकारीहरूको पनि उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रमको संयोजन लायन डा. राम कुमार मण्डलले गर्नुभएको थियो भने व्यवस्थापन लायन राघवेन्द्र सिंहको नेतृत्वमा गरिएको थियो।
समारोह ऐतिहासिक, सफल, स्मरणीय र उदाहरणीय बन्न सकेको क्लब अध्यक्ष लायन आनन्द कुमार मण्डलले बताएका छन्।

