https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, भदौ १ गते ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

मिस्री दुई दिने नेपाल भ्रमणका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा आज बिहान काठमाडौं आइपुगेका हुन्। प्रधानमन्त्री ओलीसँगको भेटमा नेपाल–भारतबीचको आपसी सहयोग, क्षेत्रीय स्थायित्व र द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विदेश सचिव मिस्रीले आजै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम छ। त्यसभन्दा अघि उनी बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुग्नेछन्। त्यसपछि खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने तालिका रहेको छ।

यसैबीच, परराष्ट्र मन्त्रालयमा सचिव स्तरीय वार्ता आज दिउँसो हुनेछ। नेपाल–भारतबीच हुने उक्त वार्तामा प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणसम्बन्धी एजेन्डा तय गर्ने र भ्रमणको मिति लम्ब्याउने विषयमा छलफल हुने स्रोतले जनाएको छ।

वार्ता सकिएपछि मिस्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट्नेछन्। बेलुकी परराष्ट्र सचिव राईले उनको सम्मानमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।

भोलि बिहान पशुपतिनाथको दर्शन गरी उनी स्वदेश फर्किने तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार