https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, भदौ २ ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–६ का शिक्षक रामपुकार यादवको हत्या घटनामा एक वर्षअघि आफ्नै श्रीमतीको हत्या र बुबालाई गोली प्रहार गरेर फरार रहेका अभियुक्त नै संलग्न रहेको खुलेको छ। पक्राउ पर्नेमा हरिपूर्वा–५ का २६ वर्षीय धर्मेन्द्र उर्फ धिरेन्द्र राय रहेको सर्लाही प्रहरीले जनाएको छ।

गत शुक्रबार राति करिब साढे ८ बजे बीआर ३० एजी २३५४ नम्बरको अपाचे मोटरसाइकलमा आएका धिरेन्द्र र अर्का एक व्यक्ति मध्ये पछाडि सवार व्यक्तिले यादवलाई घर अगाडि टाउकोमा गोली हानेका थिए। गम्भीर घाइते यादवको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। गोली प्रहारपछि भाग्ने क्रममा मोटरसाइकल दुर्घटनामा पर्दा धिरेन्द्र घाइते भएका थिए र उनलाई लालबन्दीस्थित मोडेल अस्पताल हुँदै जनकपुर प्रादेशिक अस्पताल ल्याइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अनुसन्धानमा धिरेन्द्र र मृतक यादवका छोरा सुमितबीच विवाद भएको र त्यसकै निहुँमा हत्या गरिएको खुलेको छ। धिरेन्द्र यसअघि २०८१ असोज १० गते आफ्नै श्रीमती चित्रलेखा कुमारी यादवलाई गोली हानी हत्या गरेका थिए भने उनका बुबा रामदिनेश राय पनि घाइते भएका थिए। त्यस घटनापछि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा मुद्धा दायर भई उनी फरार रहेका थिए।

घटनास्थल र धिरेन्द्रको डेराबाट नलकटुवा पेस्तोल, गोलीको खोका र अन्य प्रमाण बरामद भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न मोटरसाइकलमा सवार अर्का व्यक्ति भने अझै फरार छन्। धिरेन्द्रलाई कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार