राजेश सिंह
गाैशाला, भदौ ३ गते ।
गौर काण्डमा अध्यक्ष उपेन्द्र यादवलाई फसाउने प्रयास गरिएको भन्दै जसपा नेपाल निकट युवा–विद्यार्थीको अगुवाईमा मंगलबार काठमाडौंसहित मधेशका विभिन्न शहरमा प्रदर्शन भएको छ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनाको छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशपछि जसपा कार्यकर्ताहरु आक्रोशित भएका हुन् ।
जनता समाजबादी पार्टी, नेपालका नेता, युवा, विद्यार्थी र महिलाहरुलाई मशाल जूलूसको क्रममा बबरमहलस्थित माइतीघरबाट पक्राउ गरेको छ।
जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमन, केन्द्रीय सदस्य हंसा कुमारी साह , सशीकपुर मिया, दिनेश कुमार यादव, अम्बिका काफ्ले, किरण साह, युवा नेता भोगेन्द्र यादव, विकी यादव, बबी सिंह, रेणुराज सिंह, समाजवादी विद्यार्थी युनियन, नेपालका अध्यक्ष मनिष यादव, महासचिव बलिराम कापडी, युवा नेता दिलिप पटेल र मनिष यादव ओम लगायत लगभग १८ जानालाई माइतीघर मण्डला, बबरमहलबाट प्रहरीले पक्राऊ गरेको छ। अहिले प्रहरी बृत, सिंहदरबार, अनामनगर काठमाडौंमा राखेको छ।
काठमाडौंमा गरिएको प्रदर्शनका क्रममा १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पार्टी निकट युवाहरूले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै र्याली निकालेका थिए ।

मधेशका महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वर सहित धनुषाकाे जनकपुर, सिरहा, बिरगञ्ज, बिर्तामोड, राजविराज लगायतका विभिन्न जिल्लाहरुमा पनि समानान्तर विरोध प्रदर्शन गरिएको जसपाले जनाएको छ।
पार्टीका नेता कार्यकर्ताले गौर काण्डलाई राजनीतिक षड्यन्त्रको रूपमा चित्रण गर्दै उपेन्द्र यादवलाई लक्षित गरेर गरिएका निर्णयप्रति असहमति जनाएका छन् ।






