https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, भदौ ३ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले अनिश्चितकालीन मधेश बन्द गर्ने चेतावनी दिएको छ।

जसपा मधेश प्रदेश समितिले मंगलबार काठमाडौंमा आफ्ना नेताकार्यकर्ता पक्राउ परेको विरोध गर्दै चेतावनी दिएको हो। काठमाडौंको माइतीघर मण्डला र बबरमहल क्षेत्रमा भएको मसाल जुलुसमा सहभागी भएका बेला जसपाका प्रवक्ता मनिषकुमार सुमनसहित १८ जना नेता–कार्यकर्ता पक्राउ परेका थिए।

पक्राउ पर्नेहरूमध्ये प्रदेश सांसद किरण साह, अम्बिका काफ्ले, पूर्व प्रदेश सभा सदस्य विकी यादव, केन्द्रीय सदस्य हंसाकुमारी साह, शशीकपुर मियाँ, बबि सिंह, भोगेन्द्र यादव, दिनेशकुमार यादव, विद्यार्थी संगठन अध्यक्ष मनिष यादव, महासचिव बलिराम कापरी, युवा महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, विद्यार्थी नेता ललन यादव र रेणुराज सिंह लगायत रहेका छन्।

जसपा मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले शान्तिपूर्ण विरोधसभाबाट पक्राउ गर्नु लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन भएको आरोप लगाउँदै भने,

> “आन्दोलनकारीलाई तत्काल रिहा नगरे मधेशमा अनिश्चितकालीन बन्दको घोषणा हुनेछ। बन्दका कारण उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुनेछ।”

यसअघि सर्वोच्च अदालतले २०६३ सालको गौर घटनाको छानबिन गर्न आदेश दिएपछि जसपा कार्यकर्ताहरू आक्रोशित भएका छन्। पार्टीले यसलाई उपेन्द्र यादवलाई लक्षित गरेर गरिएको राजनीतिक षड्यन्त्रको रूपमा चित्रण गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार