https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


पवन प्रसाद साह
बिरगंज, भदौ ५ गते ।
नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगञ्ज र शिव सेना नेपालले पूर्व श्री ५ मुमा वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८औं जन्मोत्सव बिरगंजमा भव्य रूपमा मनाएको छ।

शाहको जन्मोत्सवको अवसरमा वीरगञ्जस्थित घण्टाघर चोकबाट संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा र्याली निकालिएको थियो। बाजागाजा सहित निस्किएको सो र्यालीमा “राजा आऊ, देश बचाऊ”, “हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ”, “नेता चोर, देश छोर”, “संघीयता खारिज गर, हिन्दू राष्ट्र कायम गर” जस्ता नाराहरू गुन्जिएका थिए ।

र्याली माइस्थान, महावीरस्थान, आदर्शनगर, अलखियामठ हुँदै बालमन्दिरमा पुगेर जन्मोत्सव समारोहमा परिणत भएको थियो। कार्यक्रममा सहभागीहरूले पूर्व वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको तस्वीरमा पुष्पमाला अर्पण गरी उहाँको सु–स्वास्थ्य, दीर्घायु र उज्ज्वल भविष्यको कामना गरेका थिए।


सो कार्यक्रममा संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाहसहित उमाशंकर प्रसाद, पृथ्वी झा, सन्तोष गुप्ता, विष्णु कुमार दास, पवन प्रसाद साह, चुलाइ मियाँ, विरेन्द्र साह, राधाकृष्ण चौहान, मदन ठाकुर, हरिराम रौनियार, धुरेन्द्र पटेल लगायतको सहभागिता रहेको थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार