गाैशाला, भदौ ५ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिका–५ गौशाला बजारस्थित एक घरमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा भन्सार छलीका कपडा र हरिणको सुकेको छाला बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सो घरमा भाडामा बस्दै आएका भारत पश्चिम बंगाल, कोलकाता घर भएका ३६ वर्षीय मनोज रायलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले गए राति छापामारी गरी करिब १८ लाख रुपैयाँ बराबरको कपडा र एक थान हरिणको सुकेको छाला (आखेटोपहार) बरामद गरेको जनाएको छ ।

पक्राउ परेका मनोज राय र बरामद सामानलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको र हरिणको छालासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

