https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, भदौ ५ गते ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा २ दिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा भएको शिविरमा कुल १ हजार ५५ जनाले सेवा लिएका छन्।पहिलो दिन : लोह्रैलामा ४६७ जनाले सेवा

पहिलो दिन : लोह्रैलामा ४६७ जनाले सेवा

बुधबार वडा नम्बर २ स्थित जनजागृति माध्यमिक विद्यालय लोह्रैलामा सञ्चालन गरिएको शिविरमा ४६७ जनाले आँखा जाँच गराएका थिए। स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीका अनुसार सेवाग्राहीमध्ये १८२ जना पुरुष र २८५ जना महिला थिए। सो दिन ६० जना मोतिबिन्दुका बिरामी फेला परेका छन्।

दोस्रो दिन : मधुनगर–सोनवर्षामा ५८८ जनाले सेवा

बिहीबार वडा नम्बर ७ त्रिनेत्र माध्यमिक विद्यालय मधुनगर–सोनवर्षामा भएको शिविरमा ५८८ जनाले आँखा परीक्षण गराएका थिए। यस दिन २३८ पुरुष र २५० महिला सहभागी भएका थिए। शिविरमार्फत ५२ जना मोतिबिन्दुका बिरामी पत्ता लागेका छन्।

उपचार र सुविधा

मोतिबिन्दु पहिचान भएका बिरामीलाई शल्यक्रियाका लागि बहादुरगञ्जस्थित आँखा अस्पताल पठाइने आयोजकले जनाएको छ। शिविरमा बिरामीलाई निःशुल्क चश्मा र औषधि वितरण गर्नुका साथै परामर्श सेवा पनि प्रदान गरिएको थियो।

स्थानीयको सहभागिता र सन्देश

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले आँखा स्वास्थ्यबारे सचेतना फैलाउने र समुदायमै समस्या पहिचान गर्ने उद्देश्यले वर्षेनी शिविर सञ्चालन हुँदै आएको बताए। उनले स्थानीयको उत्साहपूर्ण सहभागिताले कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य–मुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्रिनेत्र माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार चौधरीले गाउँघरमै निःशुल्क आँखा सेवा पाउँदा स्थानीय खुसी भएको बताए। विपन्न र गरिब वर्गका लागि यस्तो शिविर जीवन उपयोगी हुने भन्दै उनले निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार