https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, भदौ ७ गते ।
सिरहा जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थल नन्द बाबा उत्तरबाहिनी शक्तिपीठ क्षेत्रको संरक्षण र सौन्दर्यकरणका लागि कल्याणपुर नगरपालिका–९ का वडाध्यक्ष विनोद कुमार यादवको अगुवाइमा विशेष श्रमदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको अवसर पारेर शनिबार आयोजित उक्त कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रम अन्तर्गत नन्द बाबा जाने ऐतिहासिक पैदल मार्गमा सरसफाइ, मर्मत तथा विभिन्न प्रजातिका विरुवा रोपिएको थियो। वडाध्यक्ष यादवले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको नन्द बाबा क्षेत्रलाई व्यवस्थित, हरियालीयुक्त र आकर्षक बनाउन यो पहल गरिएको बताए । 

“यो स्थल धार्मिक आस्थामात्र होइन, सांस्कृतिक र पर्यटकीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ। यसलाई संरक्षण गर्न स्थानीय तह, समुदाय र युवाहरू सबैको सहकार्य आवश्यक छ,” उनले भने ।

श्रमदान र वृक्षारोपणमा संलग्न स्थानीय बासिन्दा तथा युवाहरूले वडाध्यक्ष यादवको सक्रिय पहलको प्रशंसा गर्दै यस क्षेत्रलाई व्यवस्थित बनाए पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने धारणा राखेका थिए। उनीहरूले राज्य र स्थानीय सरकारलाई धार्मिक पर्यटकीय सम्भावना बोकेको नन्द बाबा क्षेत्रमा थप लगानी गर्नुपर्ने सुझावसमेत दिए ।

कार्यक्रमले नन्द बाबा मार्गको संरक्षण, सरसफाइ र हरियाली अभिवृद्धिमा नयाँ उर्जा भरेको छ। सहभागीहरूले यसलाई निरन्तरता दिनुपर्ने र शक्तिपीठ क्षेत्रलाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार