https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

झापा, भदौ ७ गते ।
झापा जिल्लाको कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३७ वर्षीय पंकज माझीको मृत्यु भएको छ।

शनिबार बिहान करिब ८:५० बजे घटना भएको जानकारी इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार माझीले खोलामा माछा मार्न बिजुलीको पोलबाट करेन्ट प्रयोग गरिरहेका बेला आफैँ करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उनीलाई उद्धार गर्ने प्रयास भए पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको र त्यसपछि उनका भाइ सञ्चलाल माझीलाई बुझाइएको छ । प्रहरीले घटनास्थल सुरक्षित गर्दै थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार