https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगन्ज, भदौ ७ गते ।
बिरगन्ज महानगरमा हैजा (कोलेरा) को संक्रमण तीव्र रुपमा फैलिएको छ। शुक्रबार मुर्ली टोलका ३ जनामा हैजा पुष्टि भएकोमा शनिबार साँझसम्म संक्रमितको संख्या बढेर ३६ पुगेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हैजा अब समुदायस्तरमै फैलिएको छ। संक्रमितहरू बिरगन्ज महानगरका वडा नम्बर ३, ११, १२, १३ र ३० मा भेटिएका छन्।

बिरगन्जका विभिन्न अस्पतालमा हैजाका बिरामीहरूको उपचार भइरहेको छ। नारायणी अस्पतालमा १३ जना, तराई हस्पिटलमा १२ जना, नेशनल मेडिकल कलेजमा ५ जना, अलि अर्थो सेन्टरमा ४ जना र भवानी हस्पिटलमा २ जना उपचाररत रहेको महानगर स्वास्थ्य शाखा प्रमुख सुमनचन्द्र ठाकुरले जानकारी दिए।

हाल बिरगन्जका अस्पतालहरूमा झाडापखाला र हैजाका शंकास्पद गरी २०० भन्दा बढी बिरामी उपचाररत छन्। बिरामीको संख्या बढ्दै गएपछि नारायणी अस्पतालमा शय्या अभाव भएको र बरन्डामा राखेर समेत उपचार गर्नुपर्ने अवस्था आएको सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए।

यसैबीच, बिरगन्जमा हैजाका शंकास्पद दुई बिरामीको मृत्यु पनि भइसकेको छ। मृतकमध्ये ३५ वर्षीय एक पुरुष र १९ वर्षीया एक युवती रहेका छन्। उनीहरूको मृत्यु झाडापखालाको कारण वा हैजाकै कारणले भएको हो भन्ने पुष्टि भइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार