https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, भदौ ९ गते ।
मिथिला अञ्चलमा आज श्रद्धा, भक्ति र उत्साहका साथ चौरचन पर्व मनाइँदै छ । यस पर्वलाई मिथिलाको मौलिक संस्कृतिसँग गहिरो सम्बन्ध राख्ने चाडका रूपमा लिइन्छ ।

परम्पराअनुसार आज घर–घरमा आँगन (चौर) सफा गरी गोबर–माटोले लिपपोत गरिन्छ। बेलुकी चन्द्रमा उदाउने समयमा परिवारका सदस्यहरू भेला भई दूध, दही, खिर, पुरी, तरकारीलगायतका परिकार तयारी गरी आकाशीय देवता चन्द्रलाई अर्पण गर्ने चलन छ। चन्द्रलाई अर्घ चढाएपछि मात्र ती परिकार प्रसादका रूपमा ग्रहण गरिन्छ।

धार्मिक मान्यताअनुसार चन्द्रमा प्रकृति, शीतलता र जीवन चक्रसँग जोडिएको देवता मानिन्छ। त्यसैले यस दिन चन्द्रलाई अर्घ चढाएर कृतज्ञता प्रकट गर्ने परम्परा रहिआएको छ। विशेष गरी महिलाहरूले परिवारको दीर्घायु, स्वास्थ्य र सुख–शान्तिको कामना गर्दै यो पर्व मनाउने गर्छन्।

सांस्कृतिक विज्ञहरूका अनुसार चौरचन पर्वले प्रकृति र खगोलीय शक्तिप्रति श्रद्धा जागृत गर्ने मात्र नभई परिवार र समाजबीच आत्मीयता र ऐक्यबद्धता बढाउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार