https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


जनकपुरधाम, भदौ १५ गते ।
जनकपुरधाममा आइतवार स्थानीय र प्रहरीले झडप हुँदा गोली लागेर एकजना घाइते भएका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। सो क्रममा जनकपुरधाम–२० देवपुरा रुपैठाका २९ वर्षीय लक्ष्मण मुखियाको दुवै घुँडामा गोली लागेर घाइते भएका छन्। उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

झडपमा सात जना प्रहरी र केही स्थानीय पनि घाइते भएका छन्। घाइते सातै जना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना झण्डाचोकमा भएको हो। टावरलाइट जडान भएको पोलमा राखिएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले ३० राउन्ड हवाई फायर, १४ डमी गोली, ११ राउन्ड पेस्तोलबाट फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए।

डिएसपी सिंहका अनुसार अवस्था हिजोदेखि नै तनावपूर्ण बनेको थियो। दुवै पक्षका भलादमी र प्रहरी प्रशासनबीच छलफल गरी झण्डा हटाउने सहमति भए पनि कार्यान्वयनका क्रममा झडप चर्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार