https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन महताे
रौतहट, भदौ १८ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट जिल्ला समितिको आयोजनामा आज कटहरिया नगरपालिका–५ स्थित कटहरिया बजारमा विशाल विरोध प्रदर्शन सम्पन्न भएको छ।

कार्यक्रम जसपा नेपालका जिल्ला अध्यक्ष तथा पूर्व मेयर राजिव रञ्जन उर्फ राजु यादवको अध्यक्षतामा सम्पन्न भएको हो। जसपा नेपालले सरकारद्वारा ल्याइएको भूमि विधेयक र गौरस्थित राईस मिलमा घटेको घटनाको विरोधस्वरूप प्रदर्शन गरेको जनाइएको छ।

विरोध प्रदर्शनमा सहभागीहरूले भूमि विधेयक तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। साथै, गौर राईस मिलमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई दबाब दिएका थिए। उनीहरूले सरकार ढिलाइ गर्ने हो भने कठोर आन्दोलनमा उत्रने चेतावनी समेत दिए।

कार्यक्रममा जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री गोविन्द चौधरी, केन्द्रीय नेता एवं पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, गुजरा नगरपालिकाका नगर प्रमुख संतनलाल चौधरी, पूर्व जिल्ला अध्यक्ष श्याम बिहारी यादव, उपाध्यक्ष अमरुल हक, राजकुमार दास, पुनित रामसहितका नेता, कार्यकर्ता, स्थानीयवासी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार