काठमाडौं, भदौ २३ गते ।
लगातार बढ्दै गएको जेन जेड आन्दोलनले सोमबार साँझ ठूला नतिजा ल्यायो । आन्दोलन नियन्त्रणमा असफलतापछि र चर्को जनदबाबबीच गृहमन्त्री रमेश लेखकले अन्ततः पद त्यागे।
मन्त्रिपरिषद्को बैठकमै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाए । आन्दोलन हिंसात्मक मोड लिन पुग्दा अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ।
“यो घटनाको नैतिक जिम्मेवारी म लिन्छु,” मन्त्री लेखकको छोटो भनाइ थियो । तर अब प्रश्न उठेको छ — मन्त्रीको राजीनामाले आन्दोलन थामिन्छ कि अझ चर्किन्छ?

