जलेश्वर, भदौ २४ गते ।
महोत्तरीस्थित जलेश्वर कारागारमा सोमबार बेलुकी आन्दोलनको प्रभावले बन्दीगृहमा अवरोध सिर्जना भएपछि कैदीबन्दीहरू बाहिरिएको घटना सार्वजनिक भएको छ। कारागार प्रशासनले सबै कैदीलाई २४ घण्टा भित्र स्वेच्छाले फर्किन विशेष अपिल गरेको छ ।

कारागार प्रशासकले जारी गरेको सूचनामा भनिएको छ– “अप्रत्याशित घटनाका कारण बाहिरिएका सम्पूर्ण कैदीबन्दीहरू २४ घण्टाभित्र कारागारमा फर्किनु पर्नेछ, अन्यथा कानून अनुसारको सजाय भोग्नु पर्नेछ।”
आन्दोलनकै चपेटामा परेको कारागारको सुरक्षामा त्रुटि देखिएपछि कैदी निस्किन सफल भएको अनुमान गरिएको छ। यद्यपि, प्रशासनले यसलाई नियन्त्रणमा लिन तुरुन्त कदम चालेको जनाएको छ।


