https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रामेछाप, भदौ २५ गते ।

  • रामेछाप जिल्ला कारागारका कैदीबन्दीले बिहीबार बिहान सामूहिक रूपमा भाग्ने प्रयास गर्दा नेपाली सेनाले गोली चलाएको छ। सेनाले चलाएको गोली लागेर एक दर्जनभन्दा बढी कैदीबन्दी घाइते भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

उनका अनुसार कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा कैदीबन्दीले मुख्य गेटको ताला समेत तोड्न खोजेपछि सुरक्षा निकायलाई गोली चलाउन बाध्य भएको हो। ‘भित्रका ताला फोडेर बाहिर गेटसम्म पुग्ने प्रयास गरेपछि सेनाले गोली चलायो। घटनामा १२–१३ जना घाइते भएका छन्, ‘ प्रमुख जिल्ला अधिकारी थापाले भने।

रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्। अहिले सबै कैदीबन्दी नियन्त्रणमा रहेका र अवस्था शान्त रहेको प्रहरीले जनाएको छ।

हालै देशभरका विभिन्न कारागारबाट कैदीबन्दी भाग्ने घटना बढिरहेका बेला रामेछाप शान्त रहेको भनिए पनि बिहीबार बिहान यहाँका कैदीबन्दीले पनि सामूहिक भाग्ने प्रयास गरेका थिए।

सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागार परिसरलाई नियन्त्रणमा लिई कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार