https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


राजेश सिंह
गाैशाला, भदौ २७ गते ।
जेनजी आन्दोलनको नाममा महाेत्तरीकाे बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति मातहतका १८३ वटा सालका रुख काटिएको कुरा सार्वजनिक भएको छ ।

समितिका अध्यक्ष विनय झाका अनुसार आन्दोलनकै दिन युवाहरु दिउँसो कार्यालयमा पुगेर आगजनी गर्ने प्रयास गरेका थिए । आगजनी असफल भएपछि उनीहरुले तत्कालै १८ वटा सालका रुख काटेका थिए । त्यसको भोलिपल्ट मात्रै थप १६५ वटा रुख काटिएको बताइएको छ।

घटनापछि प्रहरीले बुधबार कृष्ण घलान सहित दुई युवालाई पक्राउ गरेको थियो । तर सयौंकाे संख्यामा गाउँले प्रहरी चौकीमै पुगेर घेरेपछि पक्राउ परेकालाई छोडिएको हो ।

घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले महाेत्तरीले जनाएको छ । स्थानीयवासी र वन उपभोक्ता समितिले रुख काट्न संलग्नलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार