https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : आज असोज १ गते नेपालभर भव्यताका साथ विश्वकर्मा पूजा मनाइँदै छ । विशेषगरी सवारी साधन, कलकारखाना, निर्माण कार्यसँग सम्बन्धित औजार तथा धातुजन्य उपकरणहरूको पूजा गरी भगवान् विश्वकर्माको आराधना गर्ने परम्परा रहेको छ ।

राजधानी काठमाडौंसहित देशभरका उद्योग, कारखाना, वर्कशप, यातायात कम्पनी तथा व्यक्तिगत सवारी साधन धुने, सजाउने र पूजा गर्ने क्रम बिहानैदेखि सुरु भएको छ । धातुजन्य उपकरण र मेसिनलाई फुलमाला, रातो टिका र धूप–दीपसहित पूजाअर्चना गरी सुरक्षित र सफल प्रयोग होस् भन्ने विश्वासमा आराधना गर्ने गरिएको छ ।

यसैबीच, हालै भदौ २३ र २४ गते जेन-जि आन्दोलनका क्रममा प्राण गुमाएका व्यक्तिहरूको सम्मानमा सरकारले आज असोज १ गते (२०८२/०६/०१) बुधबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा आज सार्वजनिक बिदा दिइएको छ । साथै राष्ट्रिय झण्डा आधा झुकाइ शोक मनाउने व्यवस्था गरिएको छ ।

सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार यो सार्वजनिक विदा घोषणा गरेको हो । यसरी विश्वकर्मा पूजाको दिन सार्वजनिक विदासँगै देशभर श्रद्धा, शोक र विश्वासको वातावरण बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार