https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चितवन, असाेज ३ गते ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा ठूलो पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ सडकमा पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन रोकिएको हो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले अझै पनि पहिरो खसिरहेको र रात परेको कारण तत्काल पन्छाउन नसकिएको जानकारी दिए। उनका अनुसार नारायणगढबाट जाने तथा काठमाडौं–पोखराबाट आउने सवारीलाई सुरक्षित स्थानमै रोक्ने व्यवस्था गरिएको छ।

ईलाका प्रहरी कार्यालय मुग्लिनले दिउँसोदेखि लगातार वर्षा भैरहेको र साँझ ठूलो भीर बगेर सडक ढाकेको जनाएको छ। यसअघि पनि वर्षा सुरु भएपछि तुइन खोलामा पटक–पटक पहिरो खस्ने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार