https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, असाेज ३ गते ।

सर्लाहीको ईश्वरपुर नगरपालिकालाई बाल विवाहमुक्त बनाउने लक्ष्यसहित आज बिहान एक विशेष सचेतनामूलक साइकल र्‍याली सम्पन्न भएको छ ।

अपाङ्ग अनाथ वृद्ध उत्थान समाज नेपाल (डूपुस नेपाल) को आयोजनामा भएको उक्त र्‍यालीमा करिब ५० जना किशोर–किशोरीले सक्रिय सहभागिता जनाएका थिए। संस्थाका अध्यक्ष राम कैलाश महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

र्‍यालीको उद्देश्य २० वर्ष भन्दा कम उमेरमा हुने विवाह र जबर्जस्ती विवाह अन्त्य गर्न जनचेतना फैलाउने रहेको आयोजकले जनाएको छ। सहभागीहरूले बाल विवाहले निम्त्याउने समस्या उजागर गर्ने विभिन्न सन्देशसहितका प्लेकार्ड र व्यानर बोकेर नगरका १३ वडामा परिक्रमा गरेका थिए ।

सन्देशमा कम उमेरमै विवाह गर्दा किशोरीहरूले भोग्नुपर्ने पाठेघरसम्बन्धी स्वास्थ्य समस्या, पारिवारिक बोझ, मानसिक तनाव, पढाइबाट बञ्चित हुने अवस्था तथा भविष्य अन्धकार बन्ने जस्ता विषय उठाइएको थियो। साथै, बाल विवाहका कारण सामाजिक कलह, असामयिक मातृत्व र किशोर–किशोरीको जीवनस्तर खस्किने खतरा रहेकोप्रति पनि जनचेतना दिलाइएको थियो ।

नेपालको मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा बढी बाल विवाह हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यसैले ईश्वरपुरलाई आधार क्षेत्र बनाएर डूपुस नेपालले निरन्तर सचेतनामूलक अभियान चलाउँदै आएको अध्यक्ष महतोले बताए ।

उनका अनुसार बाल विवाह न्यूनिकरण र अन्त्यका लागि संस्थाले विद्यालय–स्तरमै सचेतना कार्यक्रम, सामुदायिक छलफल, अभिभावक र स्थानीय सरोकारवालासँग सहकार्य, र किशोर–किशोरीमैत्री गतिविधि सञ्चालन गर्दै आएको छ। उनले भने, “बाल विवाहले हाम्रो भविष्य अन्धकार बनाउँछ। यसलाई रोक्नका लागि सचेतना फैलाउनु हाम्रो साझा जिम्मेवारी हो ।”

र्‍यालीमा सहभागी किशोर–किशोरीले पनि आफ्ना विचार व्यक्त गर्दै बाल विवाहविरुद्धको प्रतिबद्धता जनाएका थिए। उनीहरूले समाजमा अझै पनि चलिआएको ‘कम उमेरमा छोरी बिहे गर्नुपर्छ’ भन्ने गलत सोच परिवर्तन गर्न निरन्तर संघर्ष गर्ने प्रतिज्ञा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार