https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

ऐजेन्सी 

भारतीय चलचित्र क्षेत्रमा पाँच दशकभन्दा बढी समय समर्पण गरेका मलयालम फिल्मका सुपरस्टार मोहनलाल लाई भारत सरकारको सर्वोच्च चलचित्र सम्मान दादासाहेब फाल्के पुरस्कार २०२३ प्रदान गरिने भएको छ।

सूचना तथा प्रसारण मन्त्रालयले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमार्फत यो घोषणा गर्दै, “मोहनलालको भारतीय सिनेमाप्रतिको अतुलनीय योगदानलाई कदर गर्दै यो प्रतिष्ठित सम्मान प्रदान गर्न लागिएको हो” भनेर उल्लेख गरेको छ।

मोहनलाललाई यो पुरस्कार आगामी सेप्टेम्बर २३, २०२५ मा आयोजना हुने ७१ औं राष्ट्रिय चलचित्र पुरस्कार समारोह मा हस्तान्तरण गरिनेछ।

यो खबर सार्वजनिक भएपछि फिल्म उद्योगदेखि उनका करोडौं प्रशंसकसम्म खुसी व्यक्त गर्दै शुभकामना दिइरहेका छन्। मोहनलालले भने यो अवसरलाई जीवनकै ठूलो सम्मानका रूपमा लिएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार